Saturday, June 13, 2020

बाबुको हत्या आरोपमा छोरा पक्राउ

सोलुखुम्बु, जेष्ठ-३० गते ।
सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन । 
हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्त कुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज बिहान साढे ६ बजे ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई  कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Wednesday, June 10, 2020

लडेर १ बालिकाको मृत्यु

सुनसरी,जेष्ठ-२९ गते ।
सुनसरी कोशी गाँउपालिका-३ स्थितमा बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लजादै गर्दा उनको सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Sunday, June 7, 2020

खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते

खोटाङ, जेष्ठ २५ गते ।
खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Friday, June 5, 2020

गोरू काटेको आरोपमा २ जना पक्राउ

ताप्लेजुङ, जेष्ठ २४ गते ।
ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ, जेष्ठ २४ गते ।
सुनसरी बर्जु १४ का ४० बर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका ०८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२ च २८८२ नम्बरको ऐम्बुलेन्सले साईकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाईते भएकोमा बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक-प्रेम राजबंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु

उदयपुर, जेष्ठ २३ गते ।
उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

पत्रकारको उपचारमा ५० प्रतिसत छुट हुने

इटहरी,
सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ ।
नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।
‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’
एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।
सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यउक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।