Sunday, June 14, 2020

लडेर १ जनाको मृत्यु

पाँचथर, जेष्ठ ३२ गते ।
पाँचथरको फिदिम नगरपालिका-१ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Saturday, June 13, 2020

मृत अवस्थामा फेला

मोरङ, जेष्ठ-३१ गते ।
मोरङ धनपालथान-७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा  फेला परेका छन । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनि अबेर सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक दुर्घटना हुदा चालकको मृत्यु

सोलुखुम्बु,जेष्ठ-३१ गते ।
उदयपुर कटारी-४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड-८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कारको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ, जेष्ठ-३० गते ।
मोरङ सुन्दरहरैचा-६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । 
हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रमम उनको आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

छुट्टाछुट्टै स्थानमा ट्याक्टर दुर्घटना हुदा दुई बालिकाको मृत्यु

भोजपुर, उदयपुर, जेष्ठ-३० गते ।
भोजपुर रामप्रसादराई  गाउँपालिका-५ बस्ने १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे रामप्रसादराई गाउँपालिका-५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा सोही ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुलाई थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोक बस्ने ३५ बर्षीय मान बहादुर श्रेष्ठ नियन्त्रणमा रहेका छन । 
यसै गरी उदयपुर उदयपुरगढी-६ बस्ने ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनाबाटै मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे उदयपुरगढी-७ बाघखोर स्थितमा को स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिलल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ । ट्याक्टर चालक बिदुर पाण्डे नियन्त्रणमा रहेको  र मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको उक्त कार्यालयले जनाएको छ ।

पोखरीमा डुबेर ५ बर्षीया नाबालिकाको मृत्यु

सुनसरी, जेष्ठ-३० गते ।
सुनसरी देवानगंज-७ रासी बस्ने जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । 
हिजो साझँ साढे ६ बजे  घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचारार्थ लैजादै गर्दा निज नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बाबुको हत्या आरोपमा छोरा पक्राउ

सोलुखुम्बु, जेष्ठ-३० गते ।
सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन । 
हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्त कुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज बिहान साढे ६ बजे ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई  कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Wednesday, June 10, 2020

लडेर १ बालिकाको मृत्यु

सुनसरी,जेष्ठ-२९ गते ।
सुनसरी कोशी गाँउपालिका-३ स्थितमा बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लजादै गर्दा उनको सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Sunday, June 7, 2020

खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते

खोटाङ, जेष्ठ २५ गते ।
खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Friday, June 5, 2020

गोरू काटेको आरोपमा २ जना पक्राउ

ताप्लेजुङ, जेष्ठ २४ गते ।
ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ, जेष्ठ २४ गते ।
सुनसरी बर्जु १४ का ४० बर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका ०८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२ च २८८२ नम्बरको ऐम्बुलेन्सले साईकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाईते भएकोमा बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक-प्रेम राजबंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु

उदयपुर, जेष्ठ २३ गते ।
उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

पत्रकारको उपचारमा ५० प्रतिसत छुट हुने

इटहरी,
सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ ।
नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।
‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’
एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।
सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यउक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।

सुनसरीकोमा संक्रमितको संख्या बढ्दै, हरिनगर क्षेत्रको क्वारेन्टाइनमा थप १२ संक्रमित

 सुनसरी /  सुनसरीको हरिनगर गाउँपालीका क्षेत्रको क्वारेन्टाइनमा बसेका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुने १२ जना पुरुष रहेको र उनीहरूको सबै हरिनगर र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका व्यक्तिहरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हरिनगर गाउँपालीकाको भुटाहा जेनेरल हस्पिटलमा बसेका मध्ये स्वास्थ्यकर्मीको टोलिले केही दिनअघि १९ जनाको स्वाव परिक्षण गरेकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुने व्यक्तिहरु भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई थप उपचारको लागि पठाउने तयारी भएको बताइएको छ ।

भिरबाट लडेर १ को मृत्यु

ताप्लेजुङ,जेष्ठ-२३ गते ।
ताप्लेजुङ सिरिजंघा-४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बिहान ०६ बजे घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनि गएकी खड्गीमाया दिउसो ३ बजे सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको भनि ईलाका प्रहरी कार्यालय तेल्लोकमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नहरमा डुबेर १ को मृत्यु

मोरङ,जेष्ठ-२३ गते ।
मोरङ ग्रामथान-५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ । हिजो साझँ ०६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय  हरैचामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Wednesday, June 3, 2020

गाई काटेको आरोपमा १ जना पक्राउ

मोरङ, जेष्ठ २२ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो । घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीबाट २ जनाको मृत्यु

सुनसरी, जेष्ठ २२ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । बर्षा याम शुरु भए संगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज बस्तुहरुमा बिशेष ध्यान दिनु हुन समेत आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ ।

Monday, June 1, 2020

हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । 
सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् । जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा  छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएको र बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द  कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेकोमा घाईतेका अन्य साथीहरुले थाहा पाई घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा  उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उप-महानगरपालिका-११ बाट तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 

पत्रकार सहारा उपचार कोषबाट ८० जना पत्रकारको कोरोना उपचार बीमा

बिर्तामोड, जेठ १९ ।
 नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।
महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए ।
 पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको  हो ।
आइतबार पत्रकारको बीमाका लागि  पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।
बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ ।
दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।
पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् । जनही ३००० शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ । एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थाजना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैया जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिदै आएको छ ।

चट्याङले लागेर १ महिलाको मृत्यु

मोरङ,जेष्ठ-१९ गते ।
मोरङ सुनवर्सी-६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर  मृत्यु भएको छ । 
आज बिहान पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घर तर्फ आउदै गर्दा बर्षा संगै आएको चट्याङले लाग्दा गम्भिर घाईते भएकी निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा उनको दिउँसो साढे १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ